2075-07-28
2075-07-28
कालीकोट, माघ ३०
जिल्ला प्रशासन कार्यालय कालीकोटकाे आयोजनमा माघ ३० गते कालीकोट र बाजुरा जिल्लाको अन्तर जिल्ला सुरक्षा बैठक पतला गा.पा.को थिर्पुमा सम्पन्न भएको छ । कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यको अध्यक्षतामा भएकाो बैठकमा बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित दुवै जिल्लाका सुरक्षा प्रमुख तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियाो । बैठकमा कर्णाली करिडोरमा संचालित यातायात र सो को भाडा दरमा एकरुपता कायम गर्ने, कालीकोट जिल्लाको पलाता गा.पा. र बाजुरा जिल्लाको स्वामी कार्तिक खापर गा.पा. पर्ने अन्तर जिल्ला सीमा समस्या लगायत दुवै जिल्लाको साझा सुरक्षा चासोको विषयहरुमा छलफल भएको थियो ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, कालीकोट
Powered By: ProActive Developers