जिल्लाको परिचय
कालिकोट जिल्लाको बस्तुगत विवरण
१. पृष्ठभूमी
कालिकोट जिल्ला मध्यपश्चिमाञ्चल विकासक्षेत्र अन्तर्गत कर्णाली अञ्चलमा पर्दछ । यो जिल्ला वि.स. २०३४ सालमा जुम्ला जिल्ला स्थित तिब्रिकोट गा.वि.स. विस्थापित भई बनेको हुनाले नेपालको कान्छो जिल्लाको रुपमा चिनिन्छ । यस जिल्लाको हालको कालिका (मुग्राहा) गा.वि.स. स्थित कालिका गाउँमा कालिका भगवती मन्दिर रहेको र यो ठाउँ भुरे टाकुरे राजाहरुको कोटदरबार रहने किसिमको उच्च स्थानमा रहेको हुनाले सोही आधारमा जिल्लाको नाम कालिकोट रहन गएको भन्ने भनाई छ । यस जिल्लालाई वि.स.२०३२ सालमा छुट्टयाउने निर्णय भए तापनि यस जिल्लाको जिल्ला प्रशासन कार्यालय लगायत अन्य कार्यालयहरु विधिवत रुपमा २०३४ सालमा स्थापना गरीएका हुन् । सुरुमा मान्म गा.वि.स.३ मान्म गाउँमा जिल्ला सदरमुकाम कायम गरिएको थियो भने वि.स. २०४० साल देखि सोही गा.वि.स.को बडा नं. ५ स्थित खाँडाचक्र डाँडामा सदरमुकाम कायम गरिएको हो । सुरुमा ३३ गा.वि.स. रहेको कालिकोट जिल्लाको उत्तर पश्चिमका साप्पाटा, जुकोट र बाई गा.वि.सहरु वि.स. २०३८ सालमा बाजुरा जिल्लामा गाभिए पछि हाल यस जिल्लामा ३० वटा गा.वि.सहरु रहेकाेमा हाल ३ नगर पालिका र ६ गाउँपालिका गरी ९ स्थानीय तह रहेका छन् ।
२. भुगोल
जिल्लाको भौगोलिक बनावट र हावापानी विविध किसिमको रहेता पनि मूलतःस मशितोष्ण हावापानी रहेको र बढी ढालयुक्त÷भिरालो भू—भागहरु धेरै भाग पूर्व पश्चिम र केही भू भाग उत्तर दक्षिण फैलिएको छ । यस जिल्लाको भू भाग समुद्र सतहबाट लगभग ७३८ मिटर देखी ४७९० मिटर सम्मको उचाई मा फैलिएको छ । पूर्वी देशान्तर ८१०२८ देखि ८२००२ सम्म र उत्तरी अक्षा समा २९००५ देखी २९०२८ सम्म फैलिएको यस जिल्लाको कुल क्षेत्रफल १७४१ बर्ग कि.मि. अर्थात १,७८,०३० हेक्टर रहेको छ । यस जिल्लाको तापक्रम अधिकतम (औषत) १८.६० सेन्टीग्रेड र न्युनतम (औषत) ५.६० सेन्टीग्रेड रहने गरेको र बार्षिक औषत ७३० मिलि मिटर बर्षा हुने गर्दछ । जिल्लाको उत्तर बाट बग्ने चीनको तिब्बत (अस्पताल) क्षेत्र बाट बगेर आउने कर्णाली नदी र पुर्व बाट जुम्ला जिल्ला हुदैँ बग्ने तीला नदी कालिकोटमा आई दुवै नदी लालीघाटमा मिसिएर कर्णाली नामले बग्दछ । त्यस्तै अन्य स–साना खोलाहरुमा फुगाड, सान्निगाड, थिर्पुगाड, बालीगाड, भर्तागाड, पादमघाट खल्लागाड मुख्य हुन् । यहाँका नदी र खोलामा विद्युत उत्पादनको सम्भावना अत्याधिक बढी देखिन्छ भने पचालझरना गाउँ पालिकाको खार्दु भन्ने ठाँउमा रहेको “पचाँल झरना” प्रकृतिको सुन्दर कृति मानिन्छ, जसको लम्बाई ३८१ मिटर छ जुन नेपालमै सबैभन्दा लामाे झरना हाे ।
अवस्थिति
हावापानी - समशितोष्ण
भु-बनौट- बढी ढालयुक्त -भिरालो
पुर्वी देशान्तर - ८१०२८ - ८२००२
उत्तरी अक्षांश - २९००५ - २९०२८
उचाई - समुन्द्र सतहबाट ७३८- ४७९० मि.
क्षेत्रफल - १७४१ बर्ग किमी (१७८०३० हेक्टर)
औषत तापक्रम अत्यधिक १८.६० सेन्टिग्रेड न्यूनतम ५.६० सेन्टिग्रेड
औषत बर्षा - ७३० मिलिमिटर
३. जिल्लाको अन्य विवरण
क. जिल्ला सीमाना
पुर्व–जुम्ला
पश्चिम– अछाम
उत्तर– मुुगु, बाजुरा
दक्षिण– दैलेख, जाजरकोट
ख. प्रशासनिक विभाजन
जिल्ला– कालिकोट
अञ्चल– कर्णाली
विकासक्षेत्र– मध्यपश्चिमाञ्चल
प्रदेश – कर्णाली
