१. पृष्ठभूमी
कालिकोट जिल्ला मध्यपश्चिमाञ्चल विकासक्षेत्र अन्तर्गत कर्णाली अञ्चलमा पर्दछ । यो जिल्ला वि.स. २०३४ सालमा जुम्ला जिल्ला स्थित तिब्रिकोट गा.वि.स. विस्थापित भई बनेको हुनाले नेपालको कान्छो जिल्लाको रुपमा चिनिन्छ । यस जिल्लाको हालको कालिका (मुग्राहा) गा.वि.स. स्थित कालिका गाउँमा कालिका भगवती मन्दिर रहेको र यो ठाउँ भुरे टाकुरे राजाहरुको कोटदरबार रहने किसिमको उच्च स्थानमा रहेको हुनाले सोही आधारमा जिल्लाको नाम कालिकोट रहन गएको भन्ने भनाई छ । यस जिल्लालाई वि.स.२०३२ सालमा छुट्टयाउने निर्णय भए तापनि यस जिल्लाको जिल्ला प्रशासन कार्यालय लगायत अन्य कार्यालयहरु विधिवत रुपमा २०३४ सालमा स्थापना गरीएका हुन् । सुरुमा मान्म गा.वि.स.३ मान्म गाउँमा जिल्ला सदरमुकाम कायम गरिएको थियो भने वि.स. २०४० साल देखि सोही गा.वि.स.को बडा नं. ५ स्थित खाँडाचक्र डाँडामा सदरमुकाम कायम गरिएको हो । सुरुमा ३३ गा.वि.स. रहेको कालिकोट जिल्लाको उत्तर पश्चिमका साप्पाटा, जुकोट र बाई गा.वि.सहरु वि.स. २०३८ सालमा बाजुरा जिल्लामा गाभिए पछि हाल यस जिल्लामा ३० वटा गा.वि.सहरु रहेकाेमा हाल ३ नगर पालिका र ६ गाउँपालिका गरी ९ स्थानीय तह रहेका छन् ।
२. भुगोल
जिल्लाको भौगोलिक बनावट र हावापानी विविध किसिमको रहेता पनि मूलतःस मशितोष्ण हावापानी रहेको र बढी ढालयुक्त÷भिरालो भू—भागहरु धेरै भाग पूर्व पश्चिम र केही भू भाग उत्तर दक्षिण फैलिएको छ । यस जिल्लाको भू भाग समुद्र सतहबाट लगभग ७३८ मिटर देखी ४७९० मिटर सम्मको उचाई मा फैलिएको छ । पूर्वी देशान्तर ८१०२८ देखि ८२००२ सम्म र उत्तरी अक्षा समा २९००५ देखी २९०२८ सम्म फैलिएको यस जिल्लाको कुल क्षेत्रफल १७४१ बर्ग कि.मि. अर्थात १,७८,०३० हेक्टर रहेको छ । यस जिल्लाको तापक्रम अधिकतम (औषत) १८.६० सेन्टीग्रेड र न्युनतम (औषत) ५.६० सेन्टीग्रेड रहने गरेको र बार्षिक औषत ७३० मिलि मिटर बर्षा हुने गर्दछ । जिल्लाको उत्तर बाट बग्ने चीनको तिब्बत (अस्पताल) क्षेत्र बाट बगेर आउने कर्णाली नदी र पुर्व बाट जुम्ला जिल्ला हुदैँ बग्ने तीला नदी कालिकोटमा आई दुवै नदी लालीघाटमा मिसिएर कर्णाली नामले बग्दछ । त्यस्तै अन्य स–साना खोलाहरुमा फुगाड, सान्निगाड, थिर्पुगाड, बालीगाड, भर्तागाड, पादमघाट खल्लागाड मुख्य हुन् । यहाँका नदी र खोलामा विद्युत उत्पादनको सम्भावना अत्याधिक बढी देखिन्छ भने पचालझरना गाउँ पालिकाको खार्दु भन्ने ठाँउमा रहेको “पचाँल झरना” प्रकृतिको सुन्दर कृति मानिन्छ, जसको लम्बाई ३८१ मिटर छ जुन नेपालमै सबैभन्दा लामाे झरना हाे । अवस्थिति
हावापानी - समशितोष्ण
भु-बनौट- बढी ढालयुक्त -भिरालो
पुर्वी देशान्तर - ८१०२८ - ८२००२
उत्तरी अक्षांश - २९००५ - २९०२८
उचाई - समुन्द्र सतहबाट ७३८- ४७९० मि.
क्षेत्रफल - १७४१ बर्ग किमी (१७८०३० हेक्टर)
औषत तापक्रम अत्यधिक १८.६० सेन्टिग्रेड न्यूनतम ५.६० सेन्टिग्रेड
औषत बर्षा - ७३० मिलिमिटर
३. जिल्लाको अन्य विवरण क. जिल्ला सीमाना पुर्व–जुम्ला
पश्चिम– अछाम
उत्तर– मुुगु, बाजुरा
दक्षिण– दैलेख, जाजरकोट ख. प्रशासनिक विभाजन जिल्ला– कालिकोट
अञ्चल– कर्णाली
विकासक्षेत्र– मध्यपश्चिमाञ्चल
प्रदेश – कर्णाली
सदरमुकाम – खाँडाचक्र न.पा. १ मान्म बजार ग. राजनैतिक विभाजन प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र – १
प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र – २
नगरपालिका – ३
गाउँपालिका – ६ घ. भू–उपयोग
कुल क्षेत्रफल - १७८,०३० हेक्टर (१७४१ बर्ग कि.मि.)
खेतियोग्य जमिन - १७,९८४ हेक्टर (१०.११ ५०)
खेती भईरहेको भूमी - ८७१२.५ हेक्टर
बनक्षेत्र - ११,१०९०.१३ हेक्टर (६१.४०५०)
चरन क्षेत्र - ४५,००० हेक्टर (२५.२७ ५०
अन्य नदिनाला भिरपाखा - ३,६१४.०१हेक्टर (२.०३ ५०) ङ.जनसंख्या
(वि.स. २०६८ को जन गणना अनुसार)
कुल जनसंख्या - १,४१,६२०
पुरुष - ७१,१९६
महिला - ७०,४२४
जम्मा घरधुरी - २४,४७७
औषत परिवार संख्या - ५.७८
जनघनत्व - ८१.३४ व्यक्ति प्रति बर्ग कि.मी ४. प्रमुखबजार
मान्म खाडाचक्र
शिवनगर जितेगढा
लालीघाट बजार
पिली बजार
नाग्म बजार
आर.सी.पी.बजार ५. अन्य विवरण जातजाति - ब्राहमण , ठकुरी, क्षेत्री, दलित,सन्यासी, मगर
धर्म - हिन्दु, इशाई (केही)
भाषा - नेपाली, स्थानीय
चाडपर्व - बडादशैँ तिहार, पैठ, तागा, होली, माघेसंक्रान्ती, श्रीकृष्ण जन्माष्ठमी, श्रीपञ्चमी
मुख्य नदी - तीला र कर्णाली
मुख्य जडिबुटीहरु - पाँच औँले, कटुकी, सुगन्धबाला, लौठेसल्ला, बोजो, अत्तिसी, जटामसी, निर्मसी, सिलाजित, टिमुर, चिराइतो, हर्रो, अमला, आदि । ६.धार्मिक तथा पर्यटकीय स्थल · बडीमालीका मन्दिर (कालिकोट बाजुरा सीमाना)
· मालिका मन्दिर (पचालझरना गा पा र तिलागुफा न पा)
· महाबु शिवजी मन्दिर (महावै गा पा )
· पञ्चदेवल (पञ्च पाण्डव द्वारा निर्मित, खाँडाचक्र न पा )
· चुलिमालिका मन्दिर (खाँडाचक्र न पा )
· तिला गुफा (तिलागुफा न.पा.)
· ढुंगे बगैंचा (खाँडाचक्र न पा)
· रामारोशन (कालिकोट र अछाम सीमाना)
· रुढु बन्चु पाटन (कालिकोट र दैलेख सीमाना)
· पचाँल झरना (पचालझरना गा पा) ३८१ मिटर
· कालिकाकोट देवी मन्दिर (शुभ कालिका गा.पा.)
७. शैक्षिक अवस्था
कुल साक्षरता – ९५ प्रतिशत (१५ देखी ६० बर्ष उमेर समूह)
पुरुष – ९५ प्रतिशत
महिला – ९४ प्रतिशत
शिक्षण संस्थाहरु – क्याम्पस ६, मा.वि. ६१, अाधारभूत २३३, र बा.वि.के २३३, निजी विद्यालय साविक ३० गा वि स काे १२ साक्षर गा वि स घाेषणा भइसकेकाे । ८. स्वास्थ्य सेवा
· जिल्ला स्वास्थ्य कार्यालय १
· जिल्ला अस्पताल १
· प्राथमिक स्वास्थ्य केन्द्र १
· स्वास्थ्य चौकी २८
· आयुर्वेद औषधालय १
· आखाँ उपचार केन्द्र १ ९. यातायात व्यवस्था सुर्खेत बांगेसिमल देखि कालिकोट खाडाँचक्र सम्म कुल लम्बाई १५१.२ कि.मि रहेकोले बसको माध्यमबाट १ दिनमा आई पुगिने बर्सादको समयमा बाटो विग्रिने हुँदा दैलेखको खिड्कीज्युलासम्म बस आउने गरेको त्यसपछि ६ घण्टाको पैदल यात्रा पश्चात सदुरमुकाम मान्म आईपुगिने तर विश्व बैंकको आर्थीक सहयोगबाट कर्णाली राजमार्गलाई ओटासिल गराई स्तर उन्नती गर्ने भन्ने बुझिएको ।
कर्णाली राजमार्ग जुम्ला सम्मको लम्बाई २३३ कि.मि. कालिकोट क्षेत्र अन्तर्गत (कालिकोट–दैलेख सीमाना देखि कालिकोट–जुम्ला सम्म पर्ने यस जिल्लामा कर्णाली राजमार्गको सडकखण्ड ६९ कि. मि रहेको छ । सुर्खेत वीरेन्द्रनगर देखि मान्म सदरमुकाम सम्मको सडक १५१.२ कि.मि. रहेको छ ।
जिल्ला सदरमुकाम बाट छिमेकी जिल्ला जाने सडक (निर्माणाधिन)
· खुलालु–भानाकोट (अछाम)
· हाउडी–बजाङ्गेकोट (दैलेख)
· डिल्लीकोट–माहवु रानीवन (दैलेख)
· नाग्म–रारलिही (जुम्ला)
· नानीकोट–लैफु (बाजुरा)
· धौलागोह–साप्पाटा (बाजुरा)
· भर्ता–कराले (दैलेख)
· थिर्पु–धौलागोह, लाम्राबजार (बाजुरा)
एयरपोर्ट–सुनथराली एयरपोर्ट (कोटबाडा गा.वि.स.) २०४५ देखि निर्मार्णाधिन अवस्थामा