| सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
नागरिकता |
|||||||||||
|
(क) वंशज नेपाली नागरिकता प्रमाणपत्रः- १)फोटो समेत प्रमाणित गरी सिफारिस गरिएको अनुसूची–१ फाराम । २) वावुआमाको नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति । ३) हालसालै खिचिएकोे फोटो ४ प्रति । ४) जन्म मिति खुल्ने शैक्षिक प्रमाणपत्र तथा जन्म दर्ता । ५) नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति सहित सनाखत गर्ने नाता खुल्ने एकाघरको व्यक्ति । ६) विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता तथा माईती तर्फको वंंशज खुल्ने अभिभावकको नागरिकता । ७) वसाई सरी आएकाको हकमा वसाई सराईको प्रमाणपत्र र जग्गाधनी प्रमाण पूर्जा । आवश्यक परे अभिलेख माग गर्ने । ८) कर्मचारी परिवारको हकमा सम्वन्धित कार्यालयको सिफारिश पत्र र कर्मचारी परिचय पत्रको छायाप्रति समेत । ९) विदेशमा जन्मेकाको हकमा सो को प्रमाणपत्र । १०) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै । (ख) वैवाहिक अंगिकृत नागरिकता प्रमाणपत्र महिलाका लागिः- १) फोटो समेत प्रमाणित गरिएको अनुसूची–७ फाराम २) विवाह दर्ता प्रमाण र सपथ पत्र ३) सम्वन्धित देशको पहिचान खुल्ने निस्सा र नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण तथा हुलाक रसिद । ४) सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्रमाणपत्र । ५) हालसालै खिचिएकोे फोटो ४ प्रति । ६) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै । (ग) ना.प्र.प.को प्रतिलिपीः- १) फोटो समेत प्रमाणित गरीएको अनुसूची–२ फाराम (ना.प्र.प.नं. र जारी मिति खुलाउने) २) हालसालै खिचिएकोे फोटो ४ प्रति । सनाखत गर्नु पर्ने अवस्थामा सनाखत गर्ने व्यक्ति र निजको नेपाली प्रमाणपत्रको छायाप्रति । ३) पतिको नाम राखी प्रतिलिपी लिनु पर्दा सक्कल ना.प्र.प., विवाहदर्ता प्रमाणपत्र, पतिको ना.प्र.प. को छायाप्रति र सनाखत, ४)अन्य जिल्लावाट विवाह÷बसाइसराइ गरी आएको हकमा उक्त जिल्लावाट नागरिकता लिए नलिएको अभिलेख, वसाई सरी आएकोमा वसाई सराईको प्रमाणपत्र र साविक जिल्लाको अभिलेख ५) अभिलेख झुत्रो भै तथा फेला नपरेको हकमा अभिलेखको प्रकृती हेरी नयाँ जारी तथा पुरानो सक्कल ना.प्र.खिची प्रतिलिपी जारी हुने । ६) संशोधन सहित प्रतिलिपी जारी गर्न पर्दा संशोधनका लागि आवश्यक प्रमाणहरु संलग्न हुनु पर्ने । ७) नागरिकताको सामान्य संशोधन प्रचलित कानून अनुसार हुने । ८) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै । |
कोठा नं. ५ बाट कार्य सम्पन्न हुने । प्रमाण पत्रहरु सक्कल प्रति देखाउनु पर्ने हुँदा साथै लिई आउनु पर्नेछ । |
||||||||||
| 2 |
राहदानी शाखाको नागरिक सेवा वडापत्र |
|||||||||||
|
१) फोटो टाँसी आवेदकले सही गरेको राहदानी आवेदन फाराम (तोकिएको मापदण्ड बमोजिमको हुनुपर्ने) ३ प्रति । २) नेपाली ना.प्र.पत्रको छायाप्रति १ प्रति र फोटो (फोटो तोकिएको मापदण्ड बमोजिमको हुनुपर्ने) ४ प्रति । ३) नावालकको हकमा नावालक परिचय पत्र १ प्रति, अभिभावकसंगको नाता प्रमाणित । ४) १० बर्ष उमेर नपुगेकालाई रु. २५००।- र ५ बर्षको लागि मात्र राहदानी जारी गर्न सकिने । ५) महिलाको हकमा संरक्षक र संरक्षकको ना.प्र.पत्रको छायाप्रति । ६) अन्य जिल्लावाट जारी भएका नागरिकताका हकमा सम्वन्धित जिल्लावाटै अभिलेख माग गरी प्रक्रिया अगाडी बढाउन सकिने । ७) दु्त सेवाका लागि नागरिकताको अभिलेख प्रमाणित हुने । ८) नेपालबाट MRP एक पटक बनाइसके पछि पुन सिफारिस गर्न नपर्ने तर विदेश नियोगबाट MRP बनाएमा पुनः सिफारिस गर्ने । नाबालक परिचय पत्रको हकमाः १) संरक्षक व्यतिmको निवेदन र नाता प्रमाणितको प्रतिलिपी । २) बाबुआमाको ना.प्र.प. र नाता प्रमाणितको फोटोकपी ३) गा.पा/न.पा. को सिफारिश (जन्ममिति खुलाई फोटो समेत प्रमाणित गरीएको) । ४) जन्म मिति खुल्ने प्रमाण पत्र । ५) आवश्यक परेमा वसाई सराई, आदि । ६) विदेशमा जन्म भएकालाई सो को प्रमाण र सम्बन्धित क्याम्पको पत्र । ७) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै । ८) धर्मपुत्र/धर्मपुत्री द्धारा संरक्षित नाबालकका हकमा बाबुआमाको महलमा जन्मदिने बाबुआमाकै नाम राखिने हुँदा बाबुआमाको ना.प्र.प. र संरक्षकको महलमा अदालतद्धारा धर्मपुत्र/धर्मपुत्री ग्रहण गर्ने प्राप्त अनुमती र ना.प्र.प. |
कोठा नं. ५ बाट कार्य सम्पन्न हुने । नेपाली नागरिकता लगायतका प्रमाण पत्रहरु सक्कल प्रति देखाउनु पर्ने हुँदा साथै लिई आउनु पर्नेछ |
||||||||||
| 3 |
मुद्दा शाखाको नागरिक सेवा वडापत्र |
|||||||||||
|
दुषित खाद्य पदार्थ सम्वन्धी मुद्दाः- खाद्य निरिक्षक मार्फत जिल्ला सरकारी वकील कार्यालयको राय लिई मुद्दा दायर हुने । कालो बजार सम्वन्धी मुद्दाः- जिल्ला प्रशासन कार्यालयमा वा जिल्ला प्रहरी कार्यालय मार्फत उजुरी दर्ता गरि जिल्ला प्रहरी कार्यालयको अनुसन्धान पछि जिल्ला सरकारी वकील कार्यालयबाट अभियोग प्राप्त भएपछि मुद्दा दायर हुने । सार्वजनिक अपराध (सार्वजनिक शान्ति विरुद्धको कसुर, सार्वजनिक अधिकारको अख्तियारीको अवज्ञा सम्वन्धी कसुर, सार्वजनिक हित र नैतिकता):- जिल्ला प्रहरी कार्यालयको अनुशन्धान पछि जिल्ला सरकारी वकील कार्यालयबाट अभियोग प्राप्त भएपछि मुद्दा दायर हुने । पशुपंक्षी सम्वन्धी कसुरः- जिल्ला प्रहरी कार्यालयको अनुशन्धान पछि जिल्ला सरकारी वकील कार्यालयबाट अभियोग प्राप्त भएपछि मुद्दा दायर हुने । बजार अनुगमनः- खाद्य तथा गुण नियन्त्रण कार्यालय/घरेलु तथा साना उद्योग कार्यालय/जिल्ला प्रशासन कार्यालयबाट बजार अनुगमन गर्दा म्याद समाप्त भएका खाद्य सामग्री विक्रि वितरण सम्वन्धी कसुरमा अनुसन्धान गरि जिल्ला सरकारी वकील कार्यालय मार्फत जिल्ला अदालतमा अभियोग दर्ता गर्ने । मुद्दाको मिसिल नक्कल मागः- निवेदन र आफ्नो परिचय खुल्ने कागज |
कोठा नं. ६ बाट काम सम्पन्न हुने । उरीहरु जिल्ला प्रशासन कार्यालयमा वा जिल्ला प्रहरी कार्यालय मार्फत उजुरी दर्ता हुने । जिल्ला प्रहरी कार्यालयको अनुसन्धान पछि जिल्ला न्यायाधिवक्ताको कार्यालयबाट अभियोग प्राप्त भएपछि मुद्दा दायर हुने । |
||||||||||
| 4 |
स्थानीय प्रशासन शाखाको नागरिक सेवा वडापत्र |
|||||||||||
|
क)गुनासो वा ठाडो उजुरीः- १) सम्पूर्ण विवरण खुलेको निवेदन । २) निवेदनलाई पुष्टी गर्ने प्रमाण कागजहरु(उजुरीको प्रकृति हेरी जिल्ला प्रहरी कार्यालय, गा.पा./न.पा. वा सम्बन्धित निकायमा पठाउने, कार्यालयमा दुवैपक्ष झिकाई छलफल गराइ मिलाइने, वुझ्नु पर्ने उजुरीमा पक्ष विपक्षलाई तारेखमा राखेर मिलाइने वा सम्वन्धित निकायमा पठाइने) । ख) नाम, थर, उमेर आदि फरक परेको सम्वन्धी प्रमाणितः- १) सम्वन्धित व्यक्तिको निवेदन र ना.प्र.प. को प्रतिलिपी । २) सम्वन्धित पेन्सन पटृाको प्रतिलिपी (पेन्सनवालाको हकमा) । ३) सम्वन्धित गा.पा./न.पा.को सिफारिश र नाता प्रमाणितको प्रतिलिपी । ४) आवश्यकतानुसार वसाई सराई, जन्मदर्ता, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी आदि । ५) प्रमाणिकरण गर्न आवश्यक स्थानीय निकाय र प्रहरी समेतको मुचुल्का । ग) परिवारिक पेन्सन, सपथ पत्र र रहल पहल सम्वन्धी सिफारिशः- १) सम्वन्धित व्यतिmको निवेदन । २) ना.प्र.प. र पेन्सन पटृाको प्रतिलिपी । ३) गा.पा./न.पा.को सिफारिश र नाता प्रमाणितको प्रतिलिपी तथा पारिवारीक विवरण ४) आवश्यकतानुसार वसाई सराई, जन्मदर्ता, मृत्यु दर्ता आदि । ५) प्रमाणिकरण गर्न आवश्यक स्थानीय निकाय र प्रहरी समेतको मुचुल्का । घ) अन्य व्यहोरा प्रमाणितः- १) व्यहोरा खुलेको निवेदन र सम्वन्धित प्रमाण कागजात । २) गा.पा./न.पा.को सिफारिस । ३) प्रमाणिकरण गर्न आवश्यक स्थानीय निकाय र प्रहरी समेतको मुचुल्का । ङ) संस्था दर्ताः- १. तोकिएको ढांचाको निवेदन र स्थानीय निकायको सिफारिश पत्र । २. विधान ४ प्रति, प्रत्येक पानामा प्रवन्ध समितिको पदाधिकारीहरुको दस्तखत । ३ प्रवन्ध कार्य समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपी । ४. प्रहरी प्रतिवेदन (प्रवन्ध समितिका पदाधिकारीहरुको वारेमा) । च) संस्था नविकरणः- १ रित पूर्वकको निवेदन र संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपी । २ कार्य समितिको निर्णय प्रतिलिपी र पदाधिकारीहरुको नामावली । ३ लेखा परीक्षण प्रतिवेदन र ईजाजतपत्रको प्रतिलिपी । ४ गा.पा./न.पा.कोे सिफारिश पत्र र कर चुक्ता प्रमाण । ५ गत आ.व.को वार्षिक प्रगति प्रतिवेदन । ६ आउने आ.ब.को कार्य योजना छ) संस्था दर्ताको प्रमाण पत्र /स्वीकृत विधानको प्रतिलिपीः- १ निवेदन । २ कार्य समितिको निर्णयको प्रतिलिपि । ३ संस्था दर्ता प्रमाण पत्र । ज) संस्थाको विधान संशोधनः- १. निवेदन सहित साधारण सभाको निर्णयको प्रतिलिपी । २. तीन महले संशोधित विधान सम्वन्धि विवरण (भैरहेको ब्यवस्था संशोधन कारण) । ३. स्वीकृत विधानको प्रतिलिपी । ४. गा.पा./न.पा.कोे सिफारिश पत्र झ) जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृतीः- १. निवेदन सहित संस्थाको कार्य समितिको निर्णय तथा अख्तियारी पत्र । २. विधानको प्रतिलिपी । ३. जि.स.स. को सिफारिस । ४. नविकरण भएको प्रमाणपत्रको प्रतिलिपी ५. कर चुक्ता प्रमाण । ञ) पत्रपत्रिका दर्ताः- १. अनुसूची–४ अनुसारको दरखास्त । २. प्रकाशकको नागरिकताको छायाप्रति र ४ प्रति फोटो । ३ सम्पादकको नियुक्ति पत्र र संपादकको मन्जुरीनामा । ४ संपादकको शैक्षिक योग्यता तथा नागरिकताको छायाप्रति ।( शैक्षिक योग्यताको हकमा एस.एल.सी.देखि स्नातक तह सम्मको मार्कसिट, चारित्रिक प्र.प र प्रोभिजनल सर्टीफिकेटका प्रतिलिपि वा एस.एल.सी उत्रिण गरि पत्रकारितामा १० वर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणहरुको प्रतिलिपि चाहिने हुन्छ | ५ छापाखानाको स्वीकृति पत्र र छापाखानाको मन्जुरीनामा । (छापाखाना संचालनका लागि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति दिएको प्रमाणपत्रको प्रतिलिपि चाहिने ) ६. प्रकाशक संस्था भए संस्थाको दर्ता प्रमाण पत्र, स्वीकृत विधान, संस्थाको निर्णय,संचालकहरुको ना.प्र.पत्र छायाप्रति र लेखा परीक्षण प्रतिवेदन । ७. कर तिरेको प्रमाण । ट) छापाखाना दर्ताः- १.अनुसूची–१ अनुसारको दरखास्त । २ छापाखाना संचालककोे नागरिकता र फोटो । ३ छापाखाना राख्ने ठाउंकोे घर जग्गाको प्रमाणहरु र लोकेशन नक्सा । ४.छापाखानाका उपकरणहरु खरीद गरेकोे भए सो को प्रमाण । ५. कुनै संस्था भए संस्थाको विधान र संस्थाको निर्णय प्रतिलिपी । ६. कर तिरेको प्रमाण । ड) हातहतियार नामसारी, नविकरण र स्वामित्व हस्तान्तरणः- १.निवेदन (नमूना बमोजिमको) २ हातहतियार इजाजत पत्र (हतियार समेत) । ३. नामसारीको हकमा मृत्युदर्ता, नाता प्रमाणित, स्थानीय निकायको सिफारिस । ४. स्वास्थ्य स्थिति र चालचलन गतिविधिको सम्बन्धमा सम्बन्धित निकायको सिफारिस । ढ) शान्ति सुरक्षाः- १. यथार्थ विवरण सहितको निवेदन । २. नागरिकताको छायाप्रति । ण) नाम, जन्ममिति र थर सच्याउनेः- १) एस.एल.सी. परीक्षा उर्तिण भै प्रमाणपत्र पाएको मितिले ६ महिना भित्र निवेदन २) सम्वन्धित गा.पा./न.पा.को सिफारिश ३) विद्यालयको सिफारिस र फोटो २ प्रति ५) ना.प्र. पत्रको फोटोकपी । ६) शिक्षा विकास तथा समन्वय इकाईको पत्र । ७) शैक्षिक प्रमाणपत्रहरुको फोटोकपी |
कोठा नं. १ बाट काम हुने । नियमानुसार कार्य सम्पादन हुने । कामको प्रकृती अनुसार सक्कल कागजातहरु देखाउनु पर्ने भएकाले साथमा लिई आउनु पर्ने । |
||||||||||