Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Kalikot

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Kalikot

Sunday, Ashadh 07, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

District Introduction

कालीकोट जिल्लाको बस्तुगत विवरण
 


१. पृष्ठभूमी

कालिकोट जिल्ला मध्यपश्चिमाञ्चल विकासक्षेत्र अन्तर्गत कर्णाली अञ्चलमा पर्दछ । यो जिल्ला वि.स. २०३४ सालमा जुम्ला जिल्ला स्थित तिब्रिकोट गा.वि.स. विस्थापित भई बनेको हुनाले नेपालको कान्छो जिल्लाको रुपमा चिनिन्छ । यस जिल्लाको हालको कालिका (मुग्राहा) गा.वि.स. स्थित कालिका गाउँमा कालिका भगवती मन्दिर रहेको र यो ठाउँ भुरे टाकुरे राजाहरुको कोटदरबार रहने किसिमको उच्च स्थानमा रहेको हुनाले सोही आधारमा जिल्लाको नाम कालिकोट रहन गएको भन्ने भनाई छ । यस जिल्लालाई वि.स.२०३२ सालमा छुट्टयाउने निर्णय भए तापनि यस जिल्लाको जिल्ला प्रशासन कार्यालय लगायत अन्य कार्यालयहरु विधिवत रुपमा २०३४ सालमा स्थापना गरीएका हुन् । सुरुमा मान्म गा.वि.स.३ मान्म गाउँमा जिल्ला सदरमुकाम कायम गरिएको थियो भने वि.स. २०४० साल देखि सोही गा.वि.स.को बडा नं. ५ स्थित खाँडाचक्र डाँडामा सदरमुकाम कायम गरिएको हो । सुरुमा ३३ गा.वि.स. रहेको कालिकोट जिल्लाको उत्तर पश्चिमका साप्पाटा, जुकोट र बाई गा.वि.सहरु वि.स. २०३८ सालमा बाजुरा जिल्लामा गाभिए पछि हाल यस जिल्लामा  ३० वटा गा.वि.सहरु रहेकाेमा हाल ३ नगर पालिका र ६ गाउँपालिका गरी ९ स्थानीय तह रहेका छन्  ।

२. भुगोल
जिल्लाको भौगोलिक बनावट र हावापानी विविध किसिमको रहेता पनि मूलतःस मशितोष्ण हावापानी रहेको र बढी ढालयुक्त÷भिरालो भू—भागहरु धेरै भाग पूर्व पश्चिम र केही भू भाग उत्तर दक्षिण फैलिएको छ । यस जिल्लाको भू भाग समुद्र सतहबाट लगभग ७३८ मिटर देखी ४७९० मिटर सम्मको उचाई मा फैलिएको छ । पूर्वी देशान्तर ८१०२८ देखि ८२००२ सम्म र उत्तरी अक्षा समा २९००५ देखी २९०२८ सम्म फैलिएको यस जिल्लाको कुल क्षेत्रफल १७४१ बर्ग कि.मि. अर्थात १,७८,०३० हेक्टर रहेको छ ।  यस जिल्लाको तापक्रम अधिकतम (औषत) १८.६० सेन्टीग्रेड र न्युनतम (औषत) ५.६० सेन्टीग्रेड रहने गरेको र बार्षिक औषत ७३० मिलि मिटर बर्षा हुने गर्दछ । जिल्लाको उत्तर बाट बग्ने चीनको तिब्बत (अस्पताल) क्षेत्र  बाट बगेर आउने कर्णाली नदी र पुर्व बाट जुम्ला जिल्ला हुदैँ बग्ने तीला नदी कालिकोटमा आई दुवै नदी लालीघाटमा मिसिएर कर्णाली नामले बग्दछ । त्यस्तै अन्य स–साना खोलाहरुमा  फुगाड, सान्निगाड, थिर्पुगाड, बालीगाड, भर्तागाड, पादमघाट खल्लागाड मुख्य हुन् । यहाँका नदी र खोलामा विद्युत उत्पादनको सम्भावना अत्याधिक बढी देखिन्छ भने पचालझरना गाउँ पालिकाको खार्दु भन्ने ठाँउमा रहेको “पचाँल झरना” प्रकृतिको सुन्दर कृति मानिन्छ, जसको लम्बाई ३८१ मिटर छ जुन नेपालमै सबैभन्दा लामाे झरना हाे ।

अवस्थिति
हावापानी – समशितोष्ण
भु–बनौट– बढी ढालयुक्त ÷भिरालो
पुर्वी देशान्तर ः–८१०२८ — ८२००२
उत्तरी अक्षांश ः—२९००५ —२९०२८
उचाई ः– समुन्द्र सतहबाट ७३८—४७९० मि.
क्षेत्रफल ः– १७४१ बर्ग किमी (१७८०३० हेक्टर)
औषत तापक्रम अत्यधिक १८.६० सेन्टिग्रेड न्यूनतम ५.६० सेन्टिग्रेड
औषत बर्षा ः– ७३० मिलिमिटर


३. जिल्लाको अन्य विवरण
क. जिल्ला सीमाना
पुर्व–जुम्ला
पश्चिम– अछाम
उत्तर– मुुगु, बाजुरा
दक्षिण– दैलेख, जाजरकोट


ख. प्रशासनिक विभाजन
जिल्ला– कालिकोट
अञ्चल– कर्णाली
विकासक्षेत्र– मध्यपश्चिमाञ्चल

प्रदेश – ६ नं.

सदरमुकाम – खाँडाचक्र न.पा. १ मान्म बजार

ग. राजनैतिक विभाजन

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र – १
प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र – २
नगरपालिका – ३ 
गाउँपालिका – ६
घ. भू–उपयोग
कुल क्षेत्रफल ः– १७८,०३० हेक्टर (१७४१ बर्ग कि.मि.)
खेतियोग्य जमिन ः– १७,९८४ हेक्टर (१०.११ ५०)
खेती भईरहेको भूमी ः–  ८७१२.५ हेक्टर
बनक्षेत्र ः– ११,१०९०.१३ हेक्टर (६१.४०५०)
चरन क्षेत्र ः– ४५,००० हेक्टर (२५.२७ ५०
अन्य नदिनाला भिरपाखा ः–३,६१४.०१हेक्टर (२.०३ ५०)


ङ.जनसंख्या     

(वि.स. २०७८ को जन गणना अनुसार)                                                                 

कुल जनसंख्या ः–१,४५,२९२
पुरुष ः–७२,२४५
महिला ः–७३,०४७
जम्मा घरधुरी ः–२६,७७९
औषत परिवार संख्या ः–५.४३
जनघनत्व ः– ८३ व्यक्ति प्रति बर्ग कि.मी


४. प्रमुख बजार
मान्म खाडाचक्र
शिवनगर जितेगढा
लालीघाट बजार
पिली बजार

नाग्म बजार
आर.सी.पी.बजार


५. अन्य विवरण
जातजाति ः– ब्राहमण , ठकुरी, क्षेत्री, दलित,सन्यासी, मगर
धर्म ः– हिन्दु, इशाई (केही)
भाषा ः– नेपाली, स्थानीय
चाडपर्व ः– बडादशैँ तिहार, पैठ, तागा, होली, माघेसंक्रान्ती, श्रीकृष्ण जन्माष्ठमी, श्रीपञ्चमी
मुख्य नदी ः– तीला र कर्णाली
मुख्य जडिबुटीहरु ः– पाँच औँले, कटुकी, सुगन्धबाला, लौठेसल्ला, बोजो, अत्तिसी, जटामसी, निर्मसी, सिलाजित, टिमुर, चिराइतो, हर्रो, अमला, आदि ।


६.धार्मिक तथा पर्यटकीय स्थल
·  बडीमालीका मन्दिर (कालिकोट बाजुरा सीमाना)
·  पुगेली माई  मन्दिर (
तिलागुफा न‍‌. पा. र पचालझरना  गा‍. पा.को सीमाना  )
·  महाबु शिवजी मन्दिर (महावै गा. पा. )
·  पञ्चदेवल (पञ्च पाण्डव द्वारा निर्मित, खाँडाचक्र न. पा. )
·  चुलिमालिका मन्दिर (
खाँडाचक्र न पा )
·  तिला गुफा (तिलागुफा न.पा.)
·  ढुंगे बगैंचा (
खाँडाचक्र न. पा)
·  रामारोशन (कालिकोट र अछाम सीमाना)
·  रुढु बन्चु पाटन (कालिकोट र दैलेख सीमाना)
·  पचाँल झरना (
पचालझरना  गा‍. पा.) ३८१ मिटर
·  कालिकाकोट देवी मन्दिर ( कालिका  गा.पा.)


७. शैक्षिक अवस्था
कुल साक्षरता – 
९५ प्रतिशत (१५ देखी ६० बर्ष उमेर समूह)
पुरुष – ९५ प्रतिशत
महिला – ९४ 
प्रतिशत
शिक्षण संस्थाहरु – क्याम्पस ६, मा.वि. ६१, अाधारभूत २३३, र बा.वि.के २३३, निजी विद्यालय साविक ३० गा  वि स काे १२ साक्षर गा  वि स घाेषणा भइसकेकाे ।


८. स्वास्थ्य सेवा
·   जिल्ला स्वास्थ्य कार्यालय १
·   जिल्ला अस्पताल १
·   प्राथमिक स्वास्थ्य केन्द्र १
·   स्वास्थ्य चौकी २८
·   आयुर्वेद औषधालय १
·   आखाँ उपचार केन्द्र १


९. यातायात व्यवस्था
सुर्खेत बांगेसिमल देखि कालिकोट खाडाँचक्र सम्म कुल लम्बाई १५१.२ कि.मि रहेकोले बसको माध्यमबाट १ दिनमा आई पुगिने बर्सादको समयमा बाटो विग्रिने हुँदा दैलेखको खिड्कीज्युलासम्म बस आउने गरेको त्यसपछि ६ घण्टाको पैदल यात्रा पश्चात सदुरमुकाम मान्म आईपुगिने तर विश्व बैंकको आर्थीक सहयोगबाट कर्णाली राजमार्गलाई ओटासिल गराई स्तर उन्नती गर्ने भन्ने बुझिएको ।
कर्णाली राजमार्ग जुम्ला सम्मको लम्बाई २३३ कि.मि. कालिकोट क्षेत्र अन्तर्गत (कालिकोट–दैलेख सीमाना देखि कालिकोट–जुम्ला सम्म पर्ने यस जिल्लामा कर्णाली राजमार्गको सडकखण्ड ६९ कि. मि रहेको छ । सुर्खेत वीरेन्द्रनगर देखि मान्म सदरमुकाम सम्मको सडक १५१.२ कि.मि. रहेको छ ।

जिल्ला सदरमुकाम बाट छिमेकी जिल्ला जाने सडक (निर्माणाधिन)
·  खुलालु–भानाकोट (अछाम)
·  हाउडी–बजाङ्गेकोट (दैलेख)
·  डिल्लीकोट–माहवु रानीवन (दैलेख)
·  नाग्म–रारलिही (जुम्ला)
·  नानीकोट–लैफु (बाजुरा)
·  धौलागोह–साप्पाटा (बाजुरा)
·  भर्ता–कराले (दैलेख)
·  थिर्पु–धौलागोह, लाम्राबजार (बाजुरा)
   एयरपोर्ट–सुनथराली एयरपोर्ट (कोटबाडा गा.वि.स.) २०४५ देखि निर्मार्णाधिन अवस्थामा


Last Updated : 2083-02-01 09:12:54

© All Rights Reserved to District Administration Office, Kalikot .